माघ १३, काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच हात हालहाल भएको छ । पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि हात हालाहाल भएको हो ।
कांग्रेसले आज नेविसंघको केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेपछि काफ्ले निकट समूह विरोधमा उत्रिएको हो । उक्त समूहले विगत ४१ दिनदेखिको जारी रिले अनशनलाई आजबाट आमरण अनशनमा परिणत गरेको छ । काफ्ले समूह विधानमा भएको व्यवस्था बमोजिम ३२ वर्ष मुनीको उमेर समूहबाट तदर्थसमिति ल्याउनुपर्ने माग राख्दै आएको छ । सानेपामा निवर्तमान महामन्त्री काफ्ले भाषण गर्दै गर्दा केही विद्यार्थीले गमला प्रहार गरेका थिए । यसै क्रममा केही विद्यार्थी घाइते भएका छन् ।