पुस ११, मोरङ । प्रहरीले मोरङको रंगेलीबाट भारतीय नक्कली नोटसहित नेपाल आएका २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको बौका चोप्राहका ३० बर्षीय कुन्दन मण्डल र भारतको तिराका शिवरन्जन सिंह रहेका छन् । उनीहरुको साथबाट १७ हजार २ सय भारतीय नक्कली नोट पनि वरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार गए राती सवा ७ बजे रंगेली ८ दर्बेसामा भारतबाट नक्कली नोट लिइ केही व्यक्ति प्रवेश गरेको सुचना प्रहरीमा आएको थियो । लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले दर्बेसा ८ मा रोकी राखेको भारतीय नमबर प्लेटको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा नक्कली नोट फेला परेको हो ।
प्रहरीका अनुसार मोटरसाइक चालक कुन्दनको साथबाट भारतीय २ सय दरको नक्कली नोट ३ हजार ४ सय वरामद भएको थियो भने मोटरसाइकलमा पछाडि सवार शिवरन्जनको साथबाट १ सय दरको १४ हजार ३ सय नक्कली भारतीय नोट वरामद भएको थियो । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।