मंसिर ११, दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले ती जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले गएराती साढे आठ बजे तिर ९४ हजार नगद रुपैयाँ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी टोप बहादुर बिसी, हरि भण्डारी, सन्दिप अधिकारी, गढवा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिम बहादुर बुढा, होमराज रिजाल, किशोर सिंह ठकुरी, मुरली यादव र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन ।
हरि भण्डारी क्रसर व्यवसायी हुन् । उनले गढवा गाउँपालिका वडा नम्बर ५ मा मध्यपश्चिम क्रसर तथा पुर्णागिरी बालुवा प्रशोधन उद्योग संचालन गर्दै आएका छन् । त्यस्तै टोप बहादुर बिसी पनि निर्माण व्यवसायी हुन भने होमराज रिजाल हार्डवयर व्यवसायी हुन् । जुवाको खालबाट पक्राउ परेकाहरुलाई आज म्याद थप गरेर अनुसन्धान हुने र कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभएको छ ।