• २०८१ असोज १ गते मङ्गलवार

सीमाका नागरिकको सुरक्षा र उचित व्यवस्थापन सरकारको मुख्य प्राथमिकताः मन्त्री थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, दार्चुला । गृहमन्त्री राम बहादुर थापाले सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सरकारको मुख्य प्राथमिकता रहेको बताउँदै सीमाका नागरिकको सुरक्षा र उचित व्यवस्थान गर्न सके मात्रै सीमा बलियो हुनसक्ने बताउनुभएको छ । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।”

उहाँले यस क्षेत्र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताउनुभयो । कार्यक्रममा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस