असोज १०,कैलाली। कैलालीमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। नेपालगञ्ज गईरहेको से ७ ख ३८३६ नम्बरको बस पूर्वपश्चिम राजमार्गको राजीपुर जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार घाईते ८ जनालाई उपचारका लागि पठाइएको छ। दुर्घटनाको विस्तृत विवरण प्राप्त नभएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।