• २०८१ असोज २५ गते शुक्रवार

सामाजिकविकास कार्यालय मुगुमा३ करोड बजेट फ्रिज

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज १०, मुगु । प्रदेश सरकार बाट सञ्चालित सामाजिकविकास कार्यालय मुगुमा ५३ प्रतिशत बजेज फ्रिजगएको पाईएको छ । जिल्लामाकर्णालीप्रदेश सरकारबाट आएकाविभिन्नप्रकारकाविद्यालयकाभवनतथा कवर्ड हलहरुको निर्माणका लागिआएको बजेट समयमै कामहुननसक्दा सो रकमफ्रिजगएको सामाजिकविकास कार्यालय मुगुले जनाएको छ । कार्यालयकाअनुसार आर्थिक वर्ष २०७६-७७ कालागिजिल्लामाजम्मा ५ करोड बढि रकमप्रदेश सरकार बाट आएको थियो सो रकमबमोजिम समयमै कामहुननसक्दाजम्मा ३ करोड ८६ लाखअर्थात ५३ प्रतिशत बजेट फ्रिजगएको सामाजिकविकास कार्यालय मुगुका सव ईन्जिनियर ऐन बहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार जिल्लामा रहेका १४ वटा सामुदायिकविद्यालय , ३ वटा शौचालय र कवर्ड हलको लागिआएको लाखौ रकम समयमै निर्माण हुननसक्दा डल्लो बजेट फ्रिजगएको शाहीले बताए । उनलले भने छायानाथ रारा नगरपालिकाकालागि७ वटा विद्यालयभवन रहेको जानकारी गराए । त्यस्तै खत्याडमा ४ वटा विद्यालयभवन , मुगुमकार्मारोगं गाउपालिकाका १ विद्यालय र १ शौचालय र सोरु गाउपालिकाको २ वटा विद्यालय र २ वटा शौचालय रहेको शाहीले जानकारी गराउनु भयो । यि मध्ये नगरपालिकाका ६ कोठे २ र २ कोठे ५ वटा विद्यालयभवननिर्माण हुनु पर्ने हुन तर हाल सम्मआधामात्रकामभई बिचमै रोकिएको उनको भनाई छ ।

प्रदेश सरकार बाट असार मसान्त सम्म सबै भवननिर्माण गरि सक्नु पर्ने हो तर अहिले सम्मनभएको उनको भनाई रहेको छ । त्यस्तै छायानाथ रारा नगरपालिका वडा नं १४ बाममा कवर्ड हलको लागिजम्मा २० लाख बरावरको बजेट आएको थियो । अहिले कवर्ड हलनिर्माणाधिन अवस्थामा रहेको र २० प्रतिशतमात्रकामभई सो कवर्ड हलअलपत्रअवस्थामा परेको जानकारी गराउनु भयो । हालकर्वड हलनिर्माणमा ६ लाख ६५ हजार बरावरको काममात्रभएको जानकारी गराउनु भयो ।

यो सँगै जिल्लामा रहेकाविद्यालयभवनहरु निर्माणाधिन अवस्थामा रहीअलपत्रअवस्थामा परेको शाहीले जानकारी दिनु भयो । नेपाल सरकारको २०६९ को भवनआचारसंहिताजारी भएअनुसार अपांगमैत्रीभवननिर्माण हुनु पर्नेमाहिमालीजिल्लामुगुमाभौगोलिक विकटता अनुसार आवश्यक र्यामनहुदाअपांगमैत्रीहुनु पर्ने तर जिल्लामाअपांगमैत्रीभवननिर्माण नभएको पाईएको छ ।  भवननिर्माण गर्नु भन्दापहिला नेपाल सरकारको तर्फ बाटै विद्यालयभवनतथाअन्यभवननिर्माण गर्दा अपांग मैत्रीहुनु पर्ने डिजाईन स्टमेट पठाए पनि सम्बन्धितजिल्लामा खटिएका प्राविधिकले वेवास्ता गरेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस