असोज १०, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक साताभित्र प्रहरी समायोजन गरी संचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालतमा जाने चेतावनी दिएका छन ।
आज बिहान एक सञ्चारमाध्यमसँग कुरा गर्दै मुख्यमन्त्री राउतले संविधानले प्रदेशको शान्ति-सुरक्षाको जिम्मा प्रदेशलाई दिएको र सोही आधारमा प्रहरी समायोजन ऐन पारित भई कार्यान्वयमा आइसकेको भए पनि समायोजनमा आलटाल गर्नु संविधानविपरीत रहेको टिप्पणी गरेका हुन ।