• २०८१ माघ ११ गते शुक्रवार

चितवनको आईसोलेसन कक्षबाट फरार कोरोना संक्रमित त्रिशुली अस्पताल नुवाकोटको आईसोलेसनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, नुवाकोट । चितवनको आईसोलेसन कक्षबाट फरार कोरोना संक्रमित त्रिशुली अस्पताल नुवाकोटको आईसोलेसनमा भर्ना गरिएको छ । नुवाकोट बेलकोटगढी नगरपालिका वडा ०५ घर भई हाल चितवनमा भरतपुर महानगरपालिकाको गाडीमा फोहोर उठाउने काम गर्दै आएको बर्ष १९ को जोयल भन्ने सुनिल परियारको भदौ ६ गते कोरोना पोजेटिभ आए-पश्चात थप उपचार लागी भरतपुर सरकारी अस्पताल चितवनको आईसोलेसन कक्षमा राखिएकोमा उनि फरार भएका थिए ।

भदौ ९ गते आईसोलेसनबाट भागी फरार रहेकोमा बुधबार बिहानको ०९ः५० बजेको समयमा उनलाई बेलकोटगढि नगरपालिका वडा नंं. ५ दुईपिपल जाने बाटो स्थित सुकौरा खोलाको किनारमा बसीरहेको अबस्थामा स्थानियले देखी नुवाकोट प्रहरी कार्यालयको मातहत अस्थायी प्रहरी पोष्ट कोल्फुटार हेल्थ डेस्कमा खबर गरेपश्चात उक्त हेल्थ डेस्कबाट आवश्यक स्वास्थ्य र सुरक्षाका सामाग्री सहित प्रहरी टोली खटि गई सामाजिक दुरी कायम राखी, स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी उनलाई नियन्त्रणमा लिई थप उपचारको लागी त्रिशुली अस्पताल नुवाकोटको आईसोलेसन कक्षमा राखिएको हो ।

साथै स्वास्थ्य कार्यालय नुवाकोटसंगको समन्वयमा निज ब्यक्तिसंग हालसम्म सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्राक ट्रेसिङको कार्य भईरहेको छ।

प्रतिक्रिया दिनुहोस