भदौ १०, विराटनगर। उच्च अदालत विराटनगरका एक जना न्यायाधीशमा र उनका चालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण एक न्यायाधीशसहित २ जनामा संक्रमण देखिएको हो ।
संक्रमितमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेको अदालतले जनाएको छ ।अंगरक्षकको रिपोर्ट भने नेगेटिभ आएको छ । यसअघि जिल्ला अदालत मोरङका न्यायाधीशमा पनि कोरोना देखिएको थियो ।