• २०८१ मङ्सिर २२ गते शनिवार

कोरोना संक्रमित प्रहरीको संख्या १२ सय ६० पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १० , काठमाडौँ । नेपालमा हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १२ सय ६० पुगेको छ ।प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार जसमध्ये ७ सय ४५ जना सक्रिय संक्रमित छन् । ५ सय १५जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १२६ र काठमाडौं उपत्यकाका १४२ जना सक्रिय संक्रमित रहेका छन् ।


त्यस्तै प्रदेश १ मा १८६, प्रदेश २ मा १३८, वाग्मती प्रदेशमा ४६, गण्डकीमा ३०, प्रदेश ५ मा ९२ , कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस