भाद्र १० ,काठमाडौँ । गायक प्रमोद खरेलले सामाजिक संजालमा कविता लेख्दै आफ्नो छटपटी व्यक्त गरेका छन् ।
उनले लेखेका छन, ‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किको छ, सकस र अभाव मै तिर फर्किएको छ, मेटाउन खोज्दैछ शक्तिशाली खेलले, बगाउन खोज्दैछ महामारीको भेलले, घाँटी घाँटी पानीमा डुब्दै डुंगा पछाडि झुण्डिएको छु ।
‘न मलाई केही थाहा छ, न केही जान्दछु, ननिस्कनु बाहिर भन्छन्, बस त्यही मान्दछु, पुर्खाको इतिहास किताबमा सिमित राखे, पराधिन छु त्यसै पनि, कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहाँ, कसैको आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहाँ, देश र जनताको नाममा पर्चा छर्छन् यहाँ, दुनो सोझ्याउनु छ सबैलाई, भ्रष्टचार र भागवण्डाले पेट भर्छन् यहाँ, जिन्दगी बन्दगी राखेर सास फेर्नेहरु, सिटामोलको अभावले मर्छन् यहाँ ।’