समाजलाई जातमा बाँटेर कम्जोर भयौँ,
उस्तै देश संघियाले काटेर कम्जोर भयौँ।
नत्र यो देशभित्र केहि कमि थिएन साथी,
बिस्तारवादले खान आँटेर कम्जोर भयौँ।
सयौँ जात भाषाको फुलबारी थियो देश,
राजनीतिले समाज फाटेर कम्जोर भयौँ।
हाम्रो देशका साशक बिदेशी धुनमै नाच्ने,
सदै खसि सँग फर्फी साटेर कम्जोर भयौँ।
जनताले चुन्छन लोभी र लाछी नेता लाई,
र ता सदै जनता सँग ढाँटेर कम्जोर भयौँ।
दोश मुक्त ता जनतापनि छैनौँ यार देशमा,
नेताहरु रक्सि मासुले छाँटेर कम्जोर भयौँ।