भदौ १०, रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।गोली प्रहारबाट एकजना घाइते भएका छन् भने उनीसँगै रहेका अर्का एकजना पक्राउ परेका छन् । एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन् । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जयप्रकाश घर्ती भने फरार रहेका छन । उनीहरुबाट लागुऔषध के कति मात्रामा बरामद भयो भन्ने बारेमा भने खुलाइएको छैन ।