• २०८१ माघ ८ गते मङ्गलवार

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी डीआईजी राजु अर्याललाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल तोकिनु तोकिएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्याललाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ । डीआईजी अर्याल प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीपतिबाट गत साता मात्रै मुख्यालय सरुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस