• २०८१ पुष २९ गते सोमवार

मुगुमा कपास खेति : स्थानीय सामग्री लाई प्रवद्धन गरिने

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन ११ मुगु । मुगु जिल्लाको सोरु गाँउपालिका वडानम्बर ८ तारापानिमा कपास उद्योग सन्चालनमा आएको छ । कपास पकेट क्षेत्र तथा प्रशोधन केन्द्रे २ बर्ष पछि मात्र सन्चालनमा आएको हो ।

 

 

 

कर्णालीका अन्य जिल्लाहरुको कपास खेती उत्पादनमा पहुच नभएको हुदा एक मात्र मुगु जिल्लाको सोरु गाँउ पालिकाको १ वडा देखी ११ वडा सम्म प्रम परागतरुप बाट कपार खेति गदै आएको यस ठाँउका स्थानिय बासीहरुको आर्य आजनमा सुधार ल्याउनको लागी कपास उत्पादन र प्रशोधनले मुगु जिल्लालाई चिनाउर्ने हिसावले कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हितसंरक्षण कार्यालय र जिल्ला कृषि कार्यालय सोरु गाँउपालिका स्थानिय बासीहरुको सहयोगमा कपास पकेट क्षेत्र र प्रशोधन केन्द्र सन्चालनमा आएको छ । सोरु गाँउ पालिकामा रहेको १६हजार ५सय ७५ जना स्थानिय बासीहरुलाई लाभान्तिहुने लक्ष्यका साथ सन्चालनमा आएको कपास उद्योगमा उद्योग तथा उपभोक्ता हित संरक्षण कायालय मुगुको ९०लाख उद्योग सन्चालनको लागी चाअिने भवनको लागी सहयोग गरेको छ भने कृषि ज्ञान केन्द्र जुम्ला र जिल्ला कृषि कार्यालय मुगु बाट औजार उपकरण र कपास खेतिकोलागी ७४लाख भन्दा बढी रकम र स्थानिय बासीको जन श्रम्रदान बाट ६६लाख गरि जम्मा २ करोड ३० लाख भन्दा बढी रकम लागेको र सोरु गाँउ पालिकाका सबै वडाका कृषकहरु समेत लाभान्विम्त हुने छन् ।

अहिले उद्योगमा २ सय ३५ क्यान्टल कच्चा प्रदार्थ स्थानिय बासिले उत्पादन गरेको कपास रहेको छ । उद्योगमा दक्षय तालिम प्राप्त १२ जना कामदार रहेको छ । हिजो आज उद्योग बाट मफ्लर, पटुका,दौरा सुरुवाल ,गुनियू बनाउर्ने जस्ता ५ प्रकारका कपडा उत्पादन भएको छन । उत्पादन गरेका कपडाहरु जिल्लामा रहेका केही सरकारी कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने गरेका छन । अन्य उत्पादन भएको कपडाहरु केही समय पछि बजारमा आउर्ने कपास पकेट क्षेत्र तथा प्रशोधन केन्द्र सन्चालन समितिका संयोजक पदम बहादुर मल्लले बताएका छन । चाईना बाट आएका टसि खादा प्रयोग गर्नु भन्दा अब मुगु जिल्लाको तारापानिमा कपास बाछ उत्पादन गरेको सामानको दोसल्ला,टसि खादा,को प्रयोग गर्नु पर्ने देखीन्छ ।

अबको समृद्वि र आर्थिक बिकासमा परिवतन गर्नको लागी प्रदेशर सरकारले लगानि गरेको यो उद्योत सन्चालनमा आएको छ । स्थानिय बासीको पनि सहयोग निकै सकारात्मक छन । अव उद्योगलाई नियमित रुपमा सन्चालनमा ल्याउनु पर्ने देखीन्छ मुगुको कपास बाट तयार पारिएको बस्तुहरु राम्रो बलियो र गुणस्तरिय छ ।

प्रतिक्रिया दिनुहोस