श्रावण ११, काठमाडौं । लमजुङ जिल्ला, मध्यनेपाल नगरपालिका वाड न १ बस्ने वर्ष ३२ कि रसुमाया श्रेष्ठ लामो समयदेखि एउटा मृगौला रोगबाट पिडीत हुनुहुन्छ । उहाँ मृगौला ट्युमर भएकोले सो को उपचार गर्ने क्रममा अर्को मृगौलालाइ असर पर्ने देखिएकोले चिकित्सकको सल्लाह बमोजिम चितवन हस्पिटलमा उपचाररत हुनुहुन्छ ।
उहाँको मृगौला निकालिएको पनि आज करिब पाच महिना भएको छ । पछि त्यसको संक्रमण फोक्सोमा पनि परेकोले अहिले चिकित्सकको सल्लाह अनुसार बढी महगो करिब महिनाको रु १२००००।( बराबरको औषधि करिब ५ महिना सम्म खानुपर्ने र त्यसपछि पनि ठीक नभएमा फेरि फोक्सोको गृखा निकाल्नुपर्ने भनिएकोले निकै अभावका साथ रहनु भएको छ । उहाँको आर्थिक अबस्था पनि निकै कमजोर देखिएकोले परिवारमा पनि श्रीमान लामो समयदेखि बिदेसमा बस्दै आएका र दुई छोरीकी आमा रसुमायाले वैवाहिक जीवनमा बाधिएदेखि न त श्रीमानको स्याहार सुसार र माया नै पाइन न त घर धन्दा चलाउन आर्थिक सहयोग नै । बरु ती लाला बाला पाल्नको लागि जीवनभरी संघर्षको मैदानमा खाई नखाई भोको पेटमा दौडिदाको परिणती आज यो दूर्दशा भोग्नु पर्यो उनले ।
तसर्थ आज हाम्रो मिडिया मार्फत सहयोगी हातहरु अगाडि बढुन र पक्कै पनि बढ्नेछन भनि यहाँहरुको माझ प्रचार प्रसार गरिएको छ । पक्कै पनि यहाँहरुको सक्दो सहयोग पाउनेछिन उनले । उनलाई सहयोग गर्न चाहनेले बिरामीको दिदी शिला श्रेष्ठलाई ९८४६१९०२३२ मा सम्र्पक गर्न सक्नुहुनेछ । उहाँलाई सहयोग गर्न चाहने दाताले एनसिसी बैकको खाता नं. १२५०००००१२७०८ मा रकम जम्मा समेत गर्न सक्नुहुनेछ ।