श्रावण ११, काठमाडौ । उच्च अदालत इजलासका एक न्यायाधीश कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरधामको राजविराज उच्च अदालत इजलासका एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले न्यायाधीशलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन । त्यस्तै तीन दिनअघि पनि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । सरकारी वकिललाई नै कोरोना संक्रमण देखिएपछि सरकारी वकिल कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । उहाँ अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।