• २०८१ जेष्ठ ११ गते शुक्रवार

रक्षामन्त्री पोखरेल र नेपालका लागि अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ११, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच आज भेटवार्ता भएको छ ।सिंहदरवारमा भएको उक्त शिष्टाचार भेटमा राजदूत बेरीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेका छन ।

गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारी बारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् । रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताए । एमसीसीका विषयमा सरकारले गम्भिर छलफल गरिरहेका पोखरेलले बेरीलाई जानकारी गराएका थिए ।

भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजना बारे पनि चासो राखेका थिए । अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस