• २०८१ माघ ८ गते मङ्गलवार

सन्चारकर्मी विमल भट्टराईको निर्देशनमा “गरिब जीवन”को छोटो फिल्म सार्वजनिक (भिडियो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ११ , नवलपरासी । केही समय देखी लकडाउनको समयमा दैनिक गुजारा गरेर घर चलाउनेहरुको यथार्थ कथामा बिशेष आधारित बनाईएको गरिब जीवन छोटो फिल्म आज दर्पण टिभि युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

कुमार बुढाको लेखनमा रहेको गरिबको जीवन भन्ने छोटो फिल्म एउटा गरिब जिन्दगी हाम्रो समाजमा कसरी चलिरहेको छ यस्तै कथाबेथा समेटिएर निर्माण गरिएको छ । उक्त छोटो फिल्मको निर्देशक विमल भट्टराईले गरेका छन् । कथामा एक घर परिवार भित्रको कथालाई लिएर श्रीमान श्रीमतिको भुमिकामा श्रीमान मदिरा सेवन गरेर दुख दिने जस्तो हाम्रो समाजमा घट्ने घटनालाई देखाइको निर्देशक भट्टराई बताउनु भयो । फिल्ममा मिना राना, विमल भट्टराई, पुरन अधिकारी, माया थापा, धनमाया थापा, अर्जुन क्षेत्री र बाल कलाकार मेनका आलेको कलकारिकतामा सुनवल ४ बेलारीमा छायाङ्कन भएको उक्त भिडियो मिन रानाले सम्पादन रहेका हुन ।

सामाजिक कथामा आधारित छोटा फिल्म निर्माण भै सकेको र आगामि दिनहरुमा पनि सामाजिक विषय बस्तुमा छोटो फिल्मको निर्माण गर्र्दै जाने कम्पनीको अध्यक्ष तथा खबर 24 नेपाल डटकमका नवलपरासी समाचारदाता विमल भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस