• २०८१ पुष २९ गते सोमवार

गजल “राहत मिल्छ”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

मम्ताको छाँया भित्र सरे राहत मिल्छ,
जस्तै बर्षातमा पानी परे राहत मिल्छ।

मुर्झाएको मनमा आमाकै बोलि सुन्दा,
यो कानभित्र बाणी झरे राहात मिल्छ।

तिर्खाले सताउँदा आँचलमै सिर राखी,
दुखःसुखपनि पोख्ने गरे राहत मिल्छ।

जस्तो कि मुर्झाएको फुललाई जरामा,
सुस्त(सुस्त बर्षे झरी तरे राहत मिल्छ।

मानिश को मन पनि डुल्छ कता कता,
कैलेकँही कुनै संकट टरे राहत मिल्छ।

प्रतिक्रिया दिनुहोस