• २०८२ जेष्ठ ७ गते मङ्गलवार

स्थायी कमिटी बैठकको दोस्रो दिन : सीमा विवादबारे छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आ(आफ्नो धारणा राखेर सम्पन्न भएको प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिएका छन । प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरूले बोलेका छन् । नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरेको पहलको प्रशंसा गर्दै नेताहरूले कूटनीतिक सम्वादमा जोड दिएका छन् ।

बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बोल्दै कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरे । उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेका छन ।

त्यस्तै बैठकमा लीलामणि पोखरेल,मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने समेतले आफ्नो धारणा राखे ।दबैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारू रूपमा संचालन गर्न जानकारी गराएका थिए ।

त्यस्तै स्थायी कमिटीको अर्को बैठक भोलि ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस