असार १२, सुनवल । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोभिड (१९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पश्चिमांचल यातायात व्यवसायी समिति, प्रधान कार्यालय बुटवलको तर्फबाट ५१,००० सहयोग प्दान गरिएको हो ।
उक्त सहयोग सुनवल नगरपालिकाका नगरप्रमुख भीम बहादुर थापालाई सो समितिका उपाध्यक्ष खिम बहादुर थापा छेत्री (नारायण) र निवर्तमान महासचिव तथा सल्लाहकार हरिप्रसाद कडेलले हस्तान्तरण गर्नु थियो । यस्तो महाविपत्ति नियन्त्रण गर्ने जस्तो मानविय कार्यमा सहयोग गर्नु भएकोमा सुनवल नगरपालिकाको तर्फदेखि पश्चिमांचल यातायात व्यवसायी समितिलाई नगर प्रमुख थापाले धन्यवाद ब्यक्त गर्नु भएको थियो ।