• २०८१ चैत्र ५ गते बुधवार

स्कारपियोको ठक्करबाट तीनजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, विराटनगर । मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठ’क्करबाट तीनजनाको मृ’त्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको र सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो ।

दुर्घटनामा महिलाको घ’टनास्थलमै मृ’त्यु भएको थियो । अन्दाजी ४५ वर्षीया महिलाको पहिचान खुलेको छैन । गुरुङको नोबेल मेडिकल कलेज र लिम्बुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार ठ’क्करबाट पैदल यात्री महिला र मोटसाइकलमा सवार दुईजना पुरुषको मृ’त्यु भएको हो । ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका-२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका- ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृ’त्यु भएको हो ।

दुर्घटनापछि स्कोरपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस