• २०८२ जेष्ठ ४ गते शनिवार

इंग्लिस प्रिमियर लिगको लिभरपुल च्याम्पियन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । प्रिमियर लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २(१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । यस सिजन लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ ।

जर्मन प्रशिक्षक क्लोपले गत सिजन लिभरपुललाई उपविजेता बनाएको थियो । यस्तै च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो । यस अघि लिभरपुलले सन् १९८९/९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस