• २०८२ बैशाख ६ गते शनिवार

दाङको तुल्सीपुरबाट ८५ हजार नगदसहित ४ जना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार १२, दाङ । दाङको तुलसीपुरबाट जुवा खेलिरहेको अबस्थामा ८५ हजार नगद सहित चार जुवाडेहरु पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालिपका वडा नं। ६ हात्तीखोैवा स्थित गोमा कडेँलेको घरमा भाडा लिएर बस्ने तुलसीपुर ५ निवासी ४५ बर्षीय मोहम्मद अनिस कुरेसीको कोठामा जुवा खेलिरहेको अबस्थामा ८५ हजार रुपैँया नगदसहित चार जुवाडेलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी एसपी शिव बहादुर सिंहले जानकारी दिए बमोजिम विहीबार दिउसो २ बजेतिर कुरेसीसहित तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ निवासी ३२ बर्षीय अब्दुल रजिमन, तुलसीपुर ५ निवासी ३७ बर्षीय टेकबहादुर बिक र तुलसीपुर ६ निवासी ४९ बर्षीय नारायण केसीलाई लाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट जुवा खेल्न प्रयोग १ थान, खोलेको तास २ थान बरामद गरिएको छ । उनीहरुलाई जुवा एन कानुनी कारवाही अघि बढाईएको डिएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस