• २०८० चैत्र १६ गते शुक्रवार

तपाईको आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

वि.सं.२०७७ असार- १२,शुक्रवार, ई.सं.२०२० जून-२६, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व, प्रमादी, उत्तरायण, ग्रीष्म, आषाढ शुक्लपक्ष तिथि-पञ्चमी ०६:५६ बजेदेखि षष्ठी , २८:५१ बजे उप्रान्त अष्टमी,नक्षत्र-मघा , ११:५५ बजे उप्रान्त पूर्वफाल्गुनी,योग-वज्र ०५:३५ बजेदेखि सिद्धि , २६:५३ बजे उप्रान्त वरियान् , करण-वालव ०६:५६ बजेदेखि कौलव , १७:५५ बजे उप्रान्त भद्रा,चन्द्रराशि-सिंह,आनन्दादि योग काण, सूर्योदय-०५:१२, सूर्यास्त-१९:०१, दिनमान-३४ घडी ३५ पला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्यक्षेत्रमा थोरै समय लगानि गर्दा पनि उत्कृष्ट नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन्।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई, छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा दैनिकी असहज हुनेछ । आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनिति तथा सामाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर आकर्षित गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला ।स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिभिन्न अवसर आएपनि समयमा सजक नबन्दा पछि परिनेछ । छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । भौतिक तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गनुहोला बढिनै उत्साहित हुदा नकारात्मक परिणाम आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाईने योग रहेकोछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । तरपनि व्यापारमा मन्दि आउनेछ।

प्रतिक्रिया दिनुहोस