• २०८२ बैशाख ४ गते बिहिवार

मानवता बग्यो भेरीको बगरमा

किशोर गैरे पढ्न लाग्ने समय : २ मिनेट

मानवता कहा गयो हाम्रो, भेरीको पानी सङ्गै बगिगयो,
माया दया करुणा र मानवता लौ हेर आज कहाँ रह्यो।
चर्का नारा सहितको समाज बदल्ने अभिभाराको चडाएर सुलि
उच निचको खाडलमा बजारियो नेपाल हाम्रो, मानवता नै भुली,
२१ औ सताब्दी, लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो खोस्टो कागजको यहाँ,
हरायो मानव सम्बेदना, कठोर मानव हृदयको कहाली लाग्दो हर्कत बिच, न्याय खोज्ने हामी कहा
गिजाइरहेका छन आज भेरि बगरले हाम्रा क्रान्तीका गाथाहरु,
मनभित्र क्रान्ती नहुदा सम्म, सुन्न बाध्य हामी कहाली लाग्दा कथाहरु,
प्रेमले हेरेन जात, खोजेन भात, मात्र खोज्यो त एक अर्काको साथ,
सजाएर सपना हजार प्रेमिका लिनआएका नवराज लडिरहेका छन निर्जिब लास बनी
हेरि रहेका छन, बन्द पारिएका आँखाहरु,
हजार बर्ष देखीको दासताको सिकार बनेको
यो नर(सन्हार हुन्छ अन्त कहिले भनी।
सजायर सपना हजार प्रेमिका लिन आएका
नवराज लडिरहेका छन निर्जीव लास बनी।

गल्ती के थियो बिचरा उनको, प्रेम गर्नु अपराध भयो यो जगतमा,
को उच को निच प्रश्न ठूलो यहाँ, मारिए उनका साथी पनि फगतमा
माया गर्ने हुन्छ निच यहाँ, हत्या गर्ने पापी कसरी हुन्छ उच्च यहाँ
बियोगको गित बनि, दमनको उदाहरण बनी गुन्जिन्छ यो कथा हरेक जहा
सदियौ देखि मुक्तीका नाममा बगेका रगत गर्दै छन प्रश्न हामीलाई आज आएर यहा,
मन भित्र विभेद राखी, हुदैन क्रान्ती सफल , मुखले मात्र समानताको गित आज गाएर यहाँ।
दलित भएकै कारण मर्नु पर्ने, नियती यो हाम्रो मुलुकको कस्तो,
बन्द गर समाजका ठेकेदार, चिल्ला नारा तिम्रा मधुबिष जस्तो,
बाकी छ मानव गुण हाम्रो समाजमा अझै भनि
न्याय देउ सिङ्गो दलित समाजलाई हक उनिहरुको भनी,
होइन भने नौटन्की गर, समाज बद्ल्ने अभिभाराको चडाएर सुलि,
थुक्क अझै मानव हौ भन्छौ, खनी उच निचको खाडल मानवता भुली।
हेरि रहेका छन, बन्द पारिएका आँखाहरु,
हजार बर्ष देखीको दासताको सिकार बनेको
यो नर(सन्हार हुन्छ अन्त कहिले भनी।
सजायर सपना हजार प्रेमिका लिन आएका
नवराज लडिरहेका छन निर्जीव लास बनी।

प्रतिक्रिया दिनुहोस