• २०८० असोज ५ गते शुक्रवार

छायानाथ रारा नगरपालिकाद्धारा ३ सय नगरवासिको उद्धार

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १४, मुगु । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरसले गर्दा नेपाल लगायत कर्णालीका नागरिक लाई सञ्त्रास छाएको छ । एकातिर नेपाल सरकारले लकडाउन गरेपनि तर कर्णालीमा भने खुकुलो रहेको छ । कर्णालीका आफ्नो गृह जिल्ला छोडी बाहिरी जिल्ला लगायत भारत तथा तेश्रो मुलुक बाट आएका नागरिकहरु बिच बाटोमै अलपत्रमा पर्ने गरेका छन् ।

तर कर्णालीको दुर्गम मानिने जिल्ला मुगुको एक मात्र छायानाथ रारा नगरपालिकाले भने यसको घाउमा मलम लगाउने गरेको छ । जिल्ला बाहिर गएका आफ्ना नगरवासि लाई उद्धारमा लागेको छ । लगडाउनकै कारण सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाका स्थानीयवासीलाई स्थानीय सरकारले उद्धार गरेको गरेको छ । बाहिरी जिल्ला बाट मुगुसम्म पुग्नको लागि बस भाडा तिरेर उद्धार गरेको र हाल सम्म नगरपालिकाले ३ सय भन्दा बढी नगरवासीको उद्दार छायानाथ रारा नगरपालिका मुगुले जनाएको छ ।

औषधि उपचार, पढ्न गएका विद्यार्थीहरु, व्यापार लगायत अन्य कामको सिलसिलामा नेपालगञ्ज र सुर्खेतमा रहेका मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाका ३ सय भन्दा बढी स्थानीयवासीहरु लाई ३ दिन लगाएर ५ वटा सवारी साधनमार्फत नगरपालिकाले उद्धार गरेको हो । उद्धार गरिएका नगरवासीहरुलाई कोरोना भाइरस सम्बन्धी नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य हेल्प डेक्समा स्वास्थ्य परीक्षण गराएको छ । यस्तै काठमाडौमा रहेका नगरवासीहरु अहिलेसम्म ६ सय भन्दा बढी जना सम्पर्कमा आएको र उनीहरुलाई पनि ३/४ दिनपछि उद्धार गर्ने तयारी भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले जानकारी दिए ।

छायाँनाथ रारा नगरपालिकाले नेपालगञ्ज र सुर्खेतबाट मुगुसम्म पुग्न बस भाडा नगरपालिकाले व्यवस्थापन गरेको छ । संकटको बेला स्थानीय सरकारले गरेको सहयोगबाट स्थानीयवासी खुसी देखिएको नगर प्रमुख शाहीले बताए ।

मुगु जिल्लाका अन्य ३ गाउँपालिका मध्ये खत्याड गाँउपालिकाले काठमाडौं,नेपालगन्ज,सुर्खेत र अन्य जिल्लामा रहेका स्थानीयवासीहरुको लगत संकलन गरी जो जहाँ बसेका छन सोही ठाउँमा राहत उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै सोरु र मुगुमकार्मारोङ्ग गाउँपालिकाले अलपत्र परेका नागरिकहरुको लगत संकलन गरी बस भाडा तिरेर आफ्ना स्थानीयवासीलाई घर फर्काउने तयारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस