अहिले कुर्सी दुर्घटना निम्त्याउन खोज्नेहरुले बिगत ५१ , ५५ , अनि ५९ सालको याद गर्यौ भने अनि भाइमारा र भाइचारामा भिन्नता पाउनेछौ ! भाइ फुटे ग्वार लुटे भनेजस्तो कुनै दल कमजोर भयो भने सरकार पनि कमजोर हुन्छ र देसै कमजोर भएपछि अनि छिमेकी मुलुकका कर्मचारीको हातमा देसको चाबी जान्छ भन्ने बिगत नभुलौहोला कि त !
कम्सेकम सबै मिलि पहिला कोरोना बिरुद्दमा लडौ, दोश्रो जनताको दैनिकी र बिकासको गति भुली मति बिग्रेकासग लडौ , तेश्रो भ्रस्टाचारी बिरुद्दमा लडौ त्यसपछि बिषय बस्तुसग सम्बन्धित बिज्ञलाइ मन्त्री र बिद्द्वान राजनीतिज्ञलाई बिदेसी कुटनीतिज्ञकोरुपमा नियुक्ती दिलाउने हो भने केहि होला कि भन्ने सोच राखौ । अन्यथा गुटको बारीमा झुटको खेती गरि ५० देखि ६० को दसक “सांसद किनबेचदेखि पार्टी बिभाजनसम्मको खेलमा ब्यतित भएको कुरा सबै दलले बुझ्नु जरुरी छ ! कसैले कुर्ची पाए मात्र जनताको समस्याको समाधान हो भन्ने सोच अब त्यागौ ! बरु कोरोना निर्मुलपस्चात स्वास्थ्य र शिक्षा नीतिमा अग्रगामी सोच राखि कार्यान्वयनमा ल्याउन ढिला नगरौ !