• २०८० असोज ५ गते शुक्रवार

लकडाउडनमा सडकमा खट्ने सुरक्षाकर्मीलाई खाजा सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । सधैं देश र जनताको सुरक्षामा दिन,रात,घाम,पानी नभनी आफ्नो डिउटी ईमानदारिका साथ निभाउने नेपाल प्रहरी सडकमा नै बसेर खाजा खाइरहेका भेटिन्छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी इन्चार्ज प्रहरी निरीक्षक सुभद्रा वाइवा लगायत सम्पुर्ण सडकमा खटिएका प्रहरी कर्मचारीलाई खाजाको व्यवस्था कोटेश्वरका समाजसेवीले गरेर उदाहरणीय काम गर्नुभएको छ । समाजसेवीहरु गोविन्द जिसी, कोटदेवी सहकारी संस्थाका अध्यक्ष सुमन जिसी, दिव्यशक्ति नेपालकी अध्यक्ष रोजिना जंगम, समाजसेवी शकुन्तला वन्जारा, मनोहरा सृजनशिल समाजका अध्यक्ष श्याम लामा, मनोहरा कृषि बजार प्रालिका सञ्चालक महेश्वर कोइराला लगायतले सहयोग गर्नुभएको हो ।

सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेको छ। अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय देखिन्छ। सबैखाले व्यवस्थापनका लागि सडकमा सुरक्षाकर्मी खटिएका छन्। तर सुरक्षाकर्मीका लागि आवश्यक खानपानको प्रबन्ध भने निकै कमजोर छ।

लकडाउनको कारण सबैतिर बन्द छ। बन्दको समय र नियमित ड्युटीबाहेक थप समय खटिएका छन् उनीहरु। खानपानको समेत राम्रो व्यवस्था भएको छैन उनीहरुमा।

प्रतिक्रिया दिनुहोस