• २०८० असोज ११ गते बिहिवार

लकडाउनको उलङ्घन गर्ने २७ जना दाङ प्रहरीको नियन्त्रणमा

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, दाङ । दाङमा सरकारले गरेको लकडाउनमा दाङ जिल्लाभरबाट दाङ प्रहरीले तेस्रो दिनमा २ महिला २५ पुरुष ७० वटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्नका लागी लकडाउन उलंघन गर्ने ७० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ । बिहीबार तेस्रो दिन दाङ जिल्लाभरबाट दाङ प्रहरीले  लकडाउनको उलंघन गर्ने ६३ वटा मोटरसाइकल ४ स्कुटी १ वटा ट्रेक्टर १ वटा अटो १ वटा जिप कारलाई नियन्त्रणमा लिएको छ ।

सवारीसाधनलाई लकडाउन अवधी सम्म प्रहरीले नियन्त्रणमा राखिने तर पक्राउ परेका अटेरी गर्नेलाई मुद्दा चलाउन सक्ने बताए । साथै शुक्रबारबाट थप कडाइ गरिने र पक्राउ गरेर मुद्दा चलाइने दाङ प्रहरी प्रवक्ता डिएसपी खड्काले बताएका छन । साथै कोही पनि नागरिक अति आवश्यक काम बाहेक बाहिर ननिस्कन दाङ प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस