फागुन १४, नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले वडा नम्बर ८ मा रहेको घाँस मण्डीलाई व्यवस्थित गर्ने भएको छ । घास मण्डी रहेको स्थानमा घसियारन लगायतका विपन्न समुदायको प्रयोगका लागि सभाहल निर्माण गर्न लागिएको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले बुधबार नयाँ निर्माण कार्यको शिलान्यास गर्नुभयो । घसियार लगायत विपन्न समुदायको विवाह लगायत अन्य कार्यमा प्रयोग गर्ने मुख्य उद्धेश्यले सार्वजनिक सभाहल निर्माण गर्न लागिएको नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र वैश्यले जानकारी दिनुभयो ।
निर्माणका लागि ५० लाख रुपिया खर्च लाग्ने अनुमान गरिएको जानकारी दिदै वडा अध्यक्ष वैश्यले यसवर्ष १० लाखमा काम सुरु गरिएको बताउनुभयो । पहिलो चरणमा गेट र पर्खाल निर्माण हुनेछ । सभाहलसँगैको पेटीमा घसियारन समुदायले घाँस विक्रि गर्दै आएका थिए ।