फागुन १४, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ८ दिपनगरमा रहेको मेलघट्टी माध्यमिक बिद्यालयमा तालाबन्दी गरिएको छ । बिद्यालय व्यस्थापन समिती चयनको बिषयलाइ लिएर बिधालयमा तालाबन्दी गरिएको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितीको बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यालयमा तालाबन्दी लगाएको विद्यालय प्रधानाध्यपक खडक कडायत ले बताए । आफनो पार्टी भित्र २ जना महिलालाई समिती भित्र राख्नुपर्नै भन्दै ताला बन्दी गरेका बताइएको छ । यता काग्रेसले १ जना आफनो पार्टी महिला राख्नुपर्नै अडान राखेपछि विवाद उत्पन्न भएको बताइएको छ । विद्यालय तालाबन्दी भएपछि कक्षा ५ र ८ को प्रयोगात्मक को नगरमा पठाउनु पर्ने विद्यालय विद्यार्थी पठाइ प्रभाबित भएको विद्यालय प्रधानाध्यपक खडक कडायत बताउनु भएको छ ।
यता वडाध्यक्ष भिम बहादुर बोकटीले विद्यालय व्यवस्थापन बिषयलाइ लिएर बिवाद भएपछि बिरबल बमको नेतृत्वमा तालाबन्दी गरेको जानकारी दिनु भएको छ ।