• २०८० चैत्र ३० गते शुक्रवार

१९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा दैलेखका विभिन्न स्थानमा सरसफाई कार्यक्रम

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल

माघ १२, दैलेख । १९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको दैलेखस्थित गुल्मले विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरेको छ । सरस्वती बृद्धाश्रम र सदरमुकामका विभिन्न मन्दिरको हातामा सरसफाई गरेको हो । सशस्त्र प्रहरी बल नेपालको दैलेखस्थित गुल्मका इञ्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक जीवन भट्टराई लगायतको टोलीले उक्त कार्यक्रम गरेको हो ।

२०५७ माघ ९ गते स्थापना भएको शस्त्र प्रहरीले विपदको व्यवस्थापन, राजमार्ग सुरक्षा, अतिविशिष्ट महानुभावको सुरक्षा लगायतका शान्ति सुरक्षाको काम गरिरहेको छ । उक्त कामका लागि देशभर सशस्त्र प्रहरी बल नेपालको ३७ हजार जनशक्ति परिचालन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस