पुस १०, कञ्चनपुर । कञ्चनपुरमा ठगी नेटवर्किङका नाइके पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरीबाट एक जना ठगी नेटवर्किङका नाइके पक्राउ परेका हुन् । विगत ५ बर्ष देखि कैलाली कञ्चनपुरका थारु समुदायमा पसि सीप सिकाइ रोजगार दिने भन्दै फारम शुल्कका नाममा रु १५० संकलन गर्ने र सम्पर्क विहिनहुने ठगी समुहका एक नाइकेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठगले कैलाली र कञ्चनपुरका गरिब थारु समुदायमा लुट मच्चाउदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । ठगले फारम शुल्क बाफत १५० संकलन गरी थारु समुदायमा लुट मच्चाइ रहेको खुलको हो । स्थानीयको गुनासो सहित विषेश सुचनाका आधारमा ठगी गिरोहका नाईकेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षकले बताए ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ९ बस्ने सानू चौधरी उर्फ श्यामु लाई पक्राउ गरिएको प्रहरी निरीक्षकले बताए । उनले भने “ विशेष गरेर कैलाली कञ्चनपुरका थारु समुदायमा आर्थिक प्रलोभन देखाइ कम्तिमा पनि ५ सय व्यक्तिबाट रु १५० रुपयाँका दरले रकम उठाएर ठगी गरेको अनुसन्धान बाट पुष्टि भएको छ।