मंसिर १०, बाँके। बाँकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित दाङकी ७७ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ दाङ घर भएकी महिलाको गएराति मृत्यु भएको हो । यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो ।