• २०८२ जेष्ठ १ गते बुधवार

काठमाडौँ उपत्यकामा १५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९ काठमाडौ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।


देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस