• २०८१ फाल्गुन ७ गते बुधवार

चलचित्र ‘रातो टिका निधारमा’ बोलको गीतले परम्परा झल्कायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ९ , काठमाडौ । नेपाली चलचित्रमा केहि बर्ष यता हिजोआज चाडपर्व लक्षित गदै बजारमा गीत कम बन्दै आएको पाइन्छ ।

गतबर्ष निर्माण भएको चलचित्र ‘रातो टिका निधारमा’ बोलको गीतले दशैंको टिका र जमराको महत्व प्रस्तुत सगै परम्परा झल्काउने मार्मिक गीतले दर्शको मन छौएको पाइएको छ तर, यो गीत चलचित्र ‘अल्लारे’मा समावेश गीतको रिमेक भर्सन हो । दशैं आएपछि नेपाली चलचित्रका पुराना गीतहरु फेरि एकपटक बज्न थाल्छन् यसमा सबैभन्दा धेरै बज्ने गीत ‘दशैं आयो’ हो । चलचित्र ‘मुग्लान’मा समावेश यो गीतको लोकप्रियताको वरिपरी पनि आउने गरी अरु गीत तयार भएका छैनन् ।

उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाँइको स्वर रहेको यो गीतमा सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द छ । पैसा कमाउने उद्देश्यले विदेश गएका यूवाहरुको दशैं आएपछि गाउने गीतको रुपमा यसलाई प्रस्तुत गरिएको छ । सामाजिक संजालमा फेरि एक गीतको चर्चा सुरु भएको छ ।

यो बाहेक ‘रातो टिका निधारमा टलक्क टल्कियो’, ‘रातो टिका दशैंको जमरा’ लगायतका गीतहरु पनि सुनिने गर्छन् । तर, शिव रेग्मी निर्देशित चलचित्र ‘मुग्लान’को गीतको लोकप्रियता आफैमा लोभलाग्दो छ ।

 

 

प्रतिक्रिया दिनुहोस