कात्तिक ९, काठमाडौं । अफगानिस्तानमा उच्च शिक्षा सम्बन्धी थुप्रै कोर्सहरु पढाउने एक निजी संस्था बाहिर भएको आत्मघातीहमलामा कम्तिमा १८ जना मारिएका छन् । सामाजिक सञ्जाल मार्फत घटनाको जिम्मेवारी लिदैं इस्लामिक स्टेट समूहले विज्ञप्ति जारी गरेको छ ।
शिया मुसलमान बाहुल्य इलाका दस्त–ए–बार्चीस्थित यस भवनमा आम रुपमा धेरै मानिसहरुको भिड हुने गरेको थियो । घाइतेहरुलाई अहिले अस्पताल लगिएको छ । मर्नेहरुको संख्या बढ्ने अनुमान छ । गृह मन्त्रालयका प्रवक्ता तारिक एरियनका अनुसार एक आत्मघाती हमलाकारी भवनभित्र छिर्ने कोसिसमा गर्दा सुरक्षाकर्मीहरुले पहिचान गरेपछि उसले ढोकामै बिस्फोट गराइदिएको हो । हमलामा धेरैजसो शैक्षिक संस्थामा भर्ना हुनका लागि भवनबाहिर प्रतिक्षा गरिरहेका विद्यार्थीहरु रहेका थिए ।