असोज ९, काठमाडौं । काठमाडौं महानगरपालिका १२ टेकु ब्रहम टोल स्थित साढे दुई तल्ले पक्की घरको छतबाट हाम फाल्न खोजेको अवस्थामा प्रहरीले एक युवाको उद्दार गरेको छ ।
मानसिक अबस्था ठिक नदेखिएको नुवाकोट बेलकोट न.पा. ०४ घर भई हाल ललितपुर चापागाउँ बस्न बर्ष २८ को राज कुमार लामालाई प्रहरीले उद्दार गरेको हो ।
प्रहरी कार्यालयबाट खटि गएको प्र.ना.उ. समेतको टोलीले बैकुण्ठ मास्केको घरबाट उनलाई सकुशल उद्दार गरी आफन्तको जिम्मा लगाईएको छ ।