भदौ ०९ मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका भित्र १ हप्ता सम्म बन्द गर्न जिल्ला प्रशासन कार्यालय मुगुले आदेश जारी गरेको छ । सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारीमा सोमबार कोरोना भेटिए पछि प्रमुख जिल्ला अधिकारीको आदेशमा नगर क्षेत्र बुधबारबाट बन्ध गरिने आदेश जारी गरेको हो ।
गमगढी बजारमा भिडभाड हुने स्थान तथा जिल्ला अस्पताल कै कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कोरोना संक्रमण समुदाय स्तरसम्म पुगेको छ की छैन भनेर पत्ता लगाउन छायाँनाथ रारा नगर क्षेत्र बुधबारबाट पुर्णरुपमा बन्ध गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले आदेश जारी गर्नु भएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० गते बुधबारबाट जिल्ला सदरमुकाम गमगढीमा सरकारले खुल्ला गर्नु भनेका आपतकालिन सेवा दिने व्यवसाय,सस्था तथा कार्यालय बाहेक सबै कारोवार ७ दिन सम्मका लागी पुर्ण रुपमा बन्ध गर्न सहमती दिएको थियो ।
कारोना संक्रमित स्वास्थ्य सेवा कार्यालय मै देखिएकाले सात दिन पछि त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको स्वाव संकलन गरि परिक्षण गर्न जुम्ला पठाउने,यो बन्धको समयमा छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजार क्षेत्रका प्रत्र्यक घरधुरीका कम्तिमा एक जनाको आरडिटी परिक्षण गर्ने,नगरक्षेत्रसंगमा प्रवेश गर्ने बुलबुले,रारा,आँसिधारा र लुम्स नाकाहरुमा अन्तर पालिका तथा अन्तर जिल्लाबाट आवत जावतमा रोक लगाउने,एक वडाबाट अर्को वडामा तथा एक घरबाट अर्को घर जान रोक लगाउने,नगरपालिका र जिल्ला स्वास्थ्य सेवा कार्यालयले पिसिआर किड खरिद गर्ने,परिक्षणको दायररा बढाउने जस्ता निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौला जानकारी गराउनु भयो । मुगु जिल्लासंग सिमाना जोडिएका र मुगुको कारोवार हुने मुख्य शहरहरुमा कोरोना संक्रमितको संख्या बढिरहेकाले अन्तर जिल्ला सिमानाहरुबाट मुगु प्रवेशमा कडाइ र रारा विमान स्थलमा सुर्खेत नेपालगंजबाट हुने उडान समेत बन्ध गर्न सहभागीहरुले सुझाव दिएका थिए ।