भदौ ९, झापा । आफ्नै बुबाको हत्या अभियोगमा प्रहरीले झापा गाउँपालिका वडा नम्बर ४का वर्षीय सुनील टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति सुनीलले ७० वर्षीय बुबा साईला टुडुलाई कुटपिट गरी गम्भिर घाइते बनाएका थिए । स्थानीय मेडिकलमा सामान्य उपचार गरि घरमै ल्याई राखिएका उनको मंगलबार विहान मृत्यु भएको थियो ।
उनको मृत्युको खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले कुटपिट गर्ने छोरा सुनिल टुडुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।