भदाै ९, मुगु । कोभिड-१९ को उच्च संक्रमण देशव्यापी रूपमा र छिमेकी जिल्लाहरुमा समेत तिव्र रुपमा बढ़िरहेको अवस्था, नेपाल सरकार (मन्त्रीपरिपद्को मिति २०७७।०४।२६ गतेको निर्णय र आदेश, कर्णाली प्रदेश कोभिड़-१९ सकट व्यवस्थापन केन्द्रको मिति २०७७। ०४।२९ गतेको निर्णय र जिल्ला कोभिड १९ संकट व्यवस्थाप केन्द्र मुगुको मिति २०७७।०५।०९ गतेको निर्णयका आधारमा यस जिल्लालाई कोभिड-१९, को संक्रमणबाट सुरक्षित राख्ने उदेश्यले मिति २०७७।०५।१० गतेदेखि लागु हुने गरि मिति २०७७।०५।१६ गतेसम्मका लागि देहाय बमोजिमको आदेश जारी गरिएको छ ।