• २०८१ माघ ११ गते शुक्रवार

कीर्तिपुर प्रहरीको भ्यान दुर्घटना, सात प्रहरी घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको मोवाईल भ्यान दुर्घटना भएको छ । पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको बा.१झ ८०६४ नम्बरको भ्यान चोभार गेट नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा परेर गाडीमा सवार ७ प्रहरी घाईते भएका महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले रातोपाटीलाई जानकारी दिए ।


घाइते प्रहरीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । ड्युटी पिक एण्ड ड्रप गर्दा ब्रेक फेल भएर भ्यान दुर्घटना भएको हो । भ्यानमा ११ प्रहरी कर्मचारी सवार थिए ।

प्रतिक्रिया दिनुहोस