• २०८१ जेष्ठ ३० गते बुधवार

डिएसपी कुमार विक्रम थापा ‘साउन महिनाको उत्कृष्ट प्रहरी’

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भाद्र ९ , काभ्रे । काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले व्यवसायिक कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट एक महिनाको अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत र सम्मान गर्ने गरिएकोमा श्रावण महिनाको उत्कृष्ट प्रहरी “POLICE OF THE MONTH”सम्मानद्वारा सम्मानित रपु रस्कृत प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापालाई प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ ।

साथै उत्कृष्ट कार्य गरि विभिन्न प्रहरी अधिकृत तथा जवान हरुलाई समेत नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको र काभ्रे प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रवि राज पौडेल ज्यूबाट सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई व्यवसायिक र लगनशील भई कार्यक्षेत्रमा प्रहरी सेवा प्रदान गर्न निर्देशन समेत दिनुभएको थियो ।


प्रहरी नायव उपरीक्षक थापाको अनुसन्धान टोलीले गत साउन १५ गते जिल्लाको धुलिखेल ११ आरुबोट कैदीटोल बस्ने वर्ष ५४ को कामीसिंह तामाङको विभत्स हत्याको सुक्ष्म अनुसन्धान गर्दा सोहि नगरपालिका ११ बस्ने वर्ष २३ को रुपेन्द्रमान लामा र संजिव मैनालीको संलग्नता रहेको ठहर गर्दै उनीहरुलाई विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस