• २०८१ माघ ११ गते शुक्रवार

आजबाट अर्को चरणको उद्धार सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ९, काठमाडौँ ।  कोडिभ १९ का कारण विदेशमा रहेका नेपालीको अर्को चरणको उद्धार आजबाट पुनः सुरु भएको छ ।सरकारले विमान सेवा कम्पनीहरुलाई पुनः चार्टर्ड उडान गर्न दिएको छ । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको र होटेल क्‍वारेन्टिनको व्यवस्थापन हुन नसकेको गत सोमबारबाट उद्धारमा रोक लगाइएको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले नयाँ तालिकाअनुसार आज ९मंगलबार० यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ । यसैगरी बुधबार आबुधावीबाट इत्तिहाद एयर, दुबईबाट र फ्लाई दुबईले नेपालीलाई काठमाडौं ल्याउनेछन् ।

नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट बिहीबार नेपाली यात्रु ल्याउनेछन् । बिहीबारै युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका मन्त्रालयको छ । यो बीचमा सरकारले नेपाल एयरलाइन्सलाई ६ वटा गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली ल्याउन अनुमति दिएको छ भने हिमालय एयरलाइन्सलाई पाँचवटा गन्तव्यमा चार्टर्ड उडानका लागि अनुमति दिएको छ ।

 

सरकारले पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि मात्रै नियमित हवाई उडान गर्न दिनेछ । सरकारले मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको छ ।पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन पाइँदैन । त्यसरी यात्रु ल्याएको सबै यात्रुलाई होटेलको क्‍वारेन्टिनमा राख्दा लाग्‍ने खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने र त्यस्ता विमानलाई मन्त्रालयले कारबाही गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस