• २०८१ माघ ११ गते शुक्रवार

कोरोना संक्रमित प्रहरीको संख्या १२ सय नाग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै ९, काठमाडौँ । नेपालमा हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १२ सय २८ पुगेको छ ।जसमध्ये ७८० जना सक्रिय संक्रमित छन् । ४४८ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १५९ र काठमाडौं उपत्यकाका १३६ जना सक्रिय संक्रमित छन् ।


प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १७२, प्रदेश २ मा १३१ , वाग्मती प्रदेशमा ४२, गण्डकीमा २८, प्रदेश ५ मा ८२ , कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस