• २०८२ बैशाख ५ गते शुक्रवार

सुनन पियारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ९ , काठमाण्डौं । पछिल्लो समय अत्याधिक चर्चामा रहेकी गायिका रचना रिमालको आवाजमा अर्को गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । उनको आवाजमा दैनिकजसो गीत रेकर्डिङ तथा सार्बजनिक हुने क्रम बढिरहेको छ ।

हालै सार्बजनिक भएको गीतमा संगीतकार बसन्त सापकोटा र रचना रिमालले स्वर रहेको छ । ‘सुनन पियारी’ बोलको गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै सुन्न सकिन्छ । यस्तै भिडियोमा पछिल्लो समय टिकटकबाट भाईरल हुँदै म्युजिक भिडियो मोडलिङमा प्रवेश गरेका सुधिर श्रेष्ठ संगै सृष्टि खड्का र सुजाता पाण्डे फिचर्ड छन् । भिडीयोलाई रमाईलो र आकर्षक शैलिमा निर्माण गरिएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

भिडियोलाई तथा सम्पादन भने निसान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन् । यस्तै भिडीयोलाई उत्सब दाहालको छायाँकन र अनिता ग्वाच्चाको मेकअप देख्न सकिन्छ । संगीतकार वसन्त सापकोटाकै नामको युट्युब च्यानलमा सार्बजनिक भिडियोलाई सकारात्मक प्रतिक्रियाहरु प्राप्त भैरह छन् ।

प्रतिक्रिया दिनुहोस