• २०८१ माघ २६ गते शनिवार

बाग्लुङमा पहिरोले घर पुरियो, एक किशोरीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, बाग्लुङ । अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बाग्लुङ जिल्लाको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस