भदौ ९, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सम्पन्न भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको अध्यक्षद्वयको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्ने सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । दुई अध्यक्षबीचको दुई घण्टा लामो छलफल पछि भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाका अनुसार बैठकको एजेन्डा कार्यदलले बुझाएको प्रतिवेदनमाथी छलफल हुने रहेको छ । ओली र प्रचण्डबीचको छलफलमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएपछि त्यसलाई अनुमोदनका लागि सचिवालय बैठकमा लगिन लागेको हो । सचिवालय बैठकबाट पारित गरेर स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।